Listen Nepali Songs

Know New

Inspirational Quotes नेपाली प्रेरक भनाईहरु

 

सोच बदल्न सक्ने प्रेरक भनाइहरू 

‘समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न सक्दैन ।’

विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवं महान व्यक्तित्वहरूले बोलेका यस्ता कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ । यी भनाइहरूमा उनीहरूको जीवन भोगाइको निचोड हुन्छ । त्यसैले हाम्रा लागि निकै प्रेरणादायी हुने गर्छन् । अतः यहाँ त्यस्तै विचारक, दार्शनिक आदिको भनाइ समावेश गरिएको छ ।

यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर ।

अज्ञात

त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन ।

कन्फ्युसियस

यी छ सुख हुन्, निरोगी हुनु, ऋणि नहुनु, परदेशमा नरहनु, राम्रा साथीहरूको संगत हुनु, आफ्नो कर्मले जीविका चलाउनु र निडर हुनु ।

विदुर नीति

तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ ।

अज्ञात

क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब  तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

श्रीमद्भागवत गीता

स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

गौतमबुद्ध

आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् ।

अज्ञात

६ प्रकारका व्यक्ति सधै दु:खी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने ।

विदुर नीति

एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर ।

चाणक्य

कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ ।

अज्ञात

आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ ।

अज्ञात

भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ ।

अज्ञात

जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।

अज्ञात

जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो ।

अज्ञात

काम (वासना), क्रोध र लोभ । यी तीन नर्कको ढोका हो ।

सन्त कवीर

महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज ।

स्टिभ जब्स

यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।

विदुर नीति

जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन ।

अज्ञात

ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ।

चाणक्य नीति

यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ।

जवाहरलाल नेहरु

अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।

अज्ञात

जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।

नेपोलियन 




No comments